श्रीमानको हत्यामा संलग्न श्रीमती र छोरा पक्राउ

काठमाडौं। श्रीमानको कुटपिट गरी हत्या गर्ने मधुवन नगरपालिका ४ बादरभरियाका ३८ वर्षीय सिता थारु र छोरा प्रहरीले पक्राउ गरेको छ ।

 

 

३८ वर्षीय श्रीमान लक्षिराम थारुको कुटपिट गरी हत्या गरेपछि श्रीमती सिता र उनका छोरा १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 

 

घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भए पछि प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।