सर्वोच्चको फैसलासँगै माधव नेपाल समूह विभाजित,यी नेताले छाडे साथ

काठमाडौं। सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने फैसला गरेसँगै एमालेको माधव कुमार नेपाल पक्ष विभाजित भएको छ ।

 

 

आइतबार मात्रै विवाद समाधान कार्यदलमा १० बुँदे सहमति भएको थियो । तर सोमबार सर्वोच्च अदालतले फैसला गरेसँगै नेपाल समूह विभाजित भएको हो ।

 

 

नेकपा र एमालेको आन्तरिक संघर्षमा सधैँ साथ दिँदै आएका नेता भीम रावल एमालेको स्थायी कमिटि बैठकमा भाग लिन बालुवाटार पुगेका छन्।

 

 

सोही समयमा अहिले गठबन्धनको बैठक पनि सुरु भएको छ । रावल निकट स्रोतका अनुसार उनी बैठक रोक्न भन्दै बालुवाटार पुगेका हुन् ।

 

 

विपक्षी गठबन्धनको बैठकमा नेपालसहित नेता रघुजी पन्त सहभागी भएका छन्।