मन्त्रालय बाँडफाँटबारे देउवा–प्रचण्ड छलफल गर्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । प्रचण्डले मन्त्रिपरिषद् गठनबारे आज देउवासँग छलफल गर्न लागेका हुन्। केहीबेरमा उनीहरूबीच बुढानिलकण्ठमा छलफल हुनेछ।

 

कुन-कुन मन्त्रालय पार्टीले पाउने हो पहिले एकिन भएपछि मात्रै मन्त्रीहरूमा क-कसलाई पठाउने भन्ने माओवादीले निर्णय गर्ने तयारी गरेको छ। सरकारमा जानेलगायत विषयमा आज माओवादीले स्थायी कमिटी बैठक गरी छलफल गरेको थियो। देउवाले आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्।

 

सोमबार सर्वोच्च अदालतले  देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो।