आज बालुवाटार छोड्दै ओली, कार्यकर्ताहरुले ‘स्कर्टिङ’ गरेर बालकोट पुर्‍याउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटार छोड्ने भएका छन् । मंगलबार प्रधानमन्त्री पदबाट मुत्त भए लगतै उनि बालुावाटारस्थित सरकारी निवास छोड्ने तयारीमा जुटेका हुन् ।

आज बिहान ११ बजेपछि बालुवाटारबाट उनी आफ्नै निजी निवास बालकोट जाने छन् ।

 

नेकपा एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म पुर्याउने एमाले नेता महेश बस्नेतले बताए । त्यसका लागि बालुवाटारमा भेला हुन बस्नेतले एमाले युवा कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

 

सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो। देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका थिए।