बालकोटमा ओली र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  महासचिव नेत्रविक्रम चन्द (विप्लव) समूहका नेताहरुले भेट गरेका छन् ।

 

मंगलबार ओली निवास बालकोटमा भेटका लागि नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोला पुगेका थिए ।

 

 

विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौं, त्यसअनुसार नै अगाडि बढ्न चाहन्छौं भनेको भेटमा सहभागी एमाले नेता राजन भट्टराई जानकारी दिए ।

 

उनीहरुले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो थियो ।

 

अध्यक्ष ओलीले पनि सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताएका छन् ।