विषाक्त घरेलु मदिरा सेवनबाट चार जनाको मृत्यु, दुई जना गम्भीर बिरामी

बागलुङ । बागलुङमा विषाक्त घरेलु मदिरा सेवनले खानेपानी आयोजनामा काम गर्दै आएका चार जना मजदुरको मृत्यु भएको छ।

 

गलकोट नगरपालिका वडा नम्बर ७ मल्मको एक खानेपानी आयोजनामा काम गर्ने मजदुर २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो।

 

मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ।

 

सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए।