पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरू भएको छ।

 

बुधबार दिउँसो २ बजेदेखि माओवादी केन्द्रको बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको हो ।

 

बैठकले सरकारमा सहभागी हुने थप मन्त्रीहरुका सम्बन्धमा र समसामयीक विषयमा छलफल हुने बताइएको छ ।