नादीमा हाम फालेर बझाङका एक जना बेपत्ता

कैलाली । सेती नदीमा हाम फालेर बझाङका एकजना बेपत्ता भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका –११ काप्रिकोटका ६० वर्षीय धर्मराज जोशी आइतबार बिहान करिब ७ बजे हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 

स्थानीयले कपडेको झोलुङ्गे पुलनेरबाट सेती नदीमा हाम फालेर बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजी सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काका अनुसार हामफाल्नुको कारण भने अझैसम्म खुल्न नसकेको बताए । जोशीलाई अझैसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।