जीवन विकास लघुवित्तको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सले बुधबार जीस्वन विकासको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको हो ।

 

 

नेप्सेमा सूचीकृत भएसँगै यस संस्थाको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा तोकेको छ ।

 

यहीँ मूल्यलाई आधार मानेर यस कम्पनीको सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।