गुण्डागर्दि शैलीमा काठमाडौं मेडिकल कलेजले गर्यो कर्मचारीमाथि ज्यादती !

काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गुण्डागर्दि शैलीमा कर्मचारीमाथि ज्यादती गरेको छ । कलेजले कर्मचारीलाई आधा तलब मात्र दिएको, उपचार सुविधा नदिएको भन्दै कर्मचारीले आन्दोलन गरेको एक हप्ता भइ सक्दा पनि कूनै सुनुवाइ नभएको र उल्टै कर्मचारीलाइ गुण्डा लगाएर कुट्पिट गर्ने धम्की दिइरहेको आन्दोलनरत कर्मचारी सकुल बस्नेतले बताएका छन् ।

नयाँ व्यवस्थापनले पुरानो कर्मचारी विनियम खारेज गरेर नयाँ लागू गरेको र त्यसमा कर्मचारीको सेवा सुविधा कटौती गरिएको, आफुहरूले कोरोना महामारीको समयमा गरेको कामको सेवा सुविधा भत्ता नपाएको उनले गुनासो गरे । सो भत्ता चाडैँ दिन र धाकधम्की नदिन कलेज व्यवसायी डा.सुनील शर्मालाई आग्रहसमेत गरेका छन् ।

 

केही कर्मचारीलाई अस्पताल प्रवेशमा नै रोक लगाएपछि उनीहरुले गेटमै धर्ना दिएर नाराबाजी गरेका छन् । परीक्षण काल पूरा गरेका कर्मचारीलाई डेढ वर्षपछि स्वतः स्थायी गर्नुपर्नेमा नगरेको, कर्मचारीलाई आधा तलब मात्र दिएको, उपचार सुविधा नदिएको भन्दै कर्मचारीले आन्दोलन गरेका हुन् ।

साथै, कलेज व्यवसायी डा.सुनील शर्मा मेडिकल माफीयाको मूख्य सरक्षक भएको आन्दोलनरत कर्मचारीको आरोप थियो । बिहिबार आन्दोलनरत कर्मचारी, पत्रकार र अन्य सरोकारवाला व्यक्तिहरुलाई समेत अस्पताल प्रवेशमा रोक लगाएको थियो ।