काठमाडौंमा खतराको घण्टी: एकैदिन ८ सय भन्दा बढि सङक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिक रूपमा कोरोना सङ्क्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा ८५९ जना सङ्क्रमित भेटिएका छन् ।

 

काठमाडौँ ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना सङ्क्रमण पुष्टि भएको हो ।

 

बुधबार उपत्यकामा ७७४ जना सङ्क्रमित पुष्टि भएका थिए । काठमाडौँ ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना सङ्क्रमित थपिएका थिए । पछिल्लो केही दिनदेखि उपत्यकामा सङ्क्रमित हुने दर बढिरहेको छ ।