सुनको सिक्री लुटपाट गर्ने एक युवक पक्राउ

काठमाडौं। प्रहरीले सुनको सिक्री लुटपाट गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदी रहेका छन् ।

 

सुवेदीले बुढानिलकण्ठ नगरपालिका(१० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीको दाबी छ ।

 

सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीयहरुको सहयोगमा पक्राउ गरेको जनाएको छ ।

 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।