मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनीमा प्रदेशसभा स्थगित

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । विशेष अधिवेशन चल्दै गर्दा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको हो ।

 

बुधबार दिउँसो १ बजे शुरु भएको विशेष अधिवेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्तावमाथि बोलेका थिए ।

 

त्यसपछि बसेको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको राजीनामासम्बन्धी पत्र पढेर प्रदेशसभा बैठक पुन स्थगित भएको छ ।