पच्चिस सय जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप २ हजार ५०० जना बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २५ जनाको मृत्यु भएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २०८६ जना संक्रमणमुक्त भएका छन् ।

 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५१ हजार १२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८० हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २ हजार १८३ पुगेको छ । यस्तै मृतकको कुल संख्या १० हजार ५८६ पुगेको छ । हाल देशभर ३८ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।