कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ

धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

 

भीमदत्त नगरपालिका(६ बसपार्क नजिकै विद्युत कार्यालय अगाडिबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका(५ का ३३ वर्षीय सुरेन्द्रराज भट्ट र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० सिद्धराज न्यौपानेले बताए ।

 

 

उनीहरुको साथबाट ५।०८ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ भने दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।