नेपालमा थप २२ सय ९५ जना कोरोना संक्रमित फेला

काठमाडौँ । नेपालमा थप २२ सय ९५ जना कोरोना संक्रमित फेला परेका छन् ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९ सय २ जना र ४३ सय ४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२ सय ९५ जना संक्रमित फेला परेका हुन् । बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १८०८ रहेको छ र मृत्यु हुनेको संख्या १६ रहेको छ ।

 

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६१ हजार १२४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७३० पुगेको छ भने ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन् ।

 

 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् । जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।