दशैंको अग्रिम टिकट बुकिङ असोजको दोस्रो सातादेखि खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले दशैँका लागि असोजको ८/९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको छ । विभागले सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवसायीहरुसँग छलफलले सो प्रस्ताव गरेको हो ।

 

 

विभागका अनुसार दशैँका लागि उपत्यका छाड्ने यात्रुहरुको सुविधाको लागिअग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ । अग्रिम टिकट बुकिङका विषयमा ‘प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालयमा पनि छलफल भएको स्रोतले जर्नाको छ । ’

 

 

यसअघिका दशैँमा करिब २० लाखले उपत्यका छाड्ने गरेका थिए । कोरोना महामारीको कारण गत वर्षको दशैँमा त्यो संख्या आधा घटेको थियो ।