कांग्रेसका यी १० नेताको सभापति बन्ने सपना अधुरै रह्यो

काठमाडौं।नेपाली काँग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेदवारको सधैं चर्चा हुने गरेको छ । भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्ने चाहिँ होइन ।

 

 

स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको नेपाली काँग्रेस भित्र पाचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भएको पाइन्छ ।

 

 

 

अधिवेशनले बिपीलाई सभापतिमा निर्वाचित गर्यो भने मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिष्पर्धामा रहेका थिए ।

 

 

 

‘त्यसको तीन वर्षपछि सम्पन्न छैठौं महाधिवेशनमा सुवर्णशमशेर राणा र गणेशमान सिंहबीच प्रतिष्पर्धा भयो । उहाँले जीवनमा एकपटक मात्रै पदको आकांक्षा देखाउनुभयो, त्यो हारिसकेपछि​ कहिल्यै पनि सभापतिको आकांक्षा देखाउनुभएन, त्याग मात्रै संघर्ष मात्रै’ काँग्रेस नेता होमनाथ दाहालले भने ।

 

 

 

गणेशमानजीले जीवनमा एकपटक त्यही बेला पदको आकांक्षा देखाए । यसपछि कहिल्यै सभापतिको आकांक्षा नदेखाएको दाहालको भनाई छ। त्‘याग मात्रै संघर्ष मात्रै ।

 

 

 

काँग्रेसले समाजवादको नीति पारित गरेको त्यो ऐतिहासिक महाधिवेशनमा सभापतिका लागि जिल्ला जिल्लाबाट मतदान भएको थियो’ उनले भने ।

 

 

 

‘२०१२ सालमा गणेशमान र सुवर्णजीबीच प्रतिष्पर्धा थियो । म त दुई वर्षको मात्र थिएँ होला । जिल्ला जिल्लामा ढ्वाङ राखेर त्यहीँ काउन्ट (गणना) गरेर निष्पक्ष तरिकाले मतदान गराइयो । आवाबाट (आकाशवाणी) रिपोर्ट आउँथ्यो । सुवर्णजीले जित्नुभयो । गणेशमानजी हार्नुभयो।

 

 

 

राजनीतिक विश्लेषक विनोद कुमार भट्टराईले भने । काँग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशन बाट नै हो । त्यति मात्र होइन, सभापतिमा निर्वाचित भए लगत्तै सुवर्णशमशेर राणाले आफ्नो १२ हजार विगाह जग्गा गरिबलाई वितरण गरी बिर्ता उन्मुलनको घोषणा त्यहीँबाट गरेका थिए ।

 

 

 

‘सुवर्णजीले आफ्नो १२ हजार विगाह जग्गा किसानलाई दिनुभयो र बिर्ता उन्मुलन कार्यक्रम शुरु गर्नुभयो । त्यसपछि देशभर बिर्ता उन्मुलनको आन्दोलन शुरु भयो’ नेता दाहाल भन्छन् ।

 

 

 

अर्कोतिर सभापतिका उम्मेदवार सिंहले त्यसपछि कहिल्यै सभापतिमा उम्मेदवारी नै दिनुभएन । त्यसपछि सातौं महाधिवेशन हुँदा आफ्नै नेतृत्वको क्रान्तिबाट राणा शासन फालेर काँग्रेस दुई तिहाई बहुमतका साथ सत्तामा थियो ।

 

 

 

बीपीबिरुद्ध भूदेव राई चुनावी मैदानमा उत्रिए । त्यसको केही समयपछि राजाले प्रजातन्त्रमाथि ‘कू’ गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । दलहरूमाथि प्रतिवन्ध लगाइयो ।

 

 

 

‘एउटा पार्टी संरचना निर्माणका लागि सबै वर्ग, समुदाय र विचारको समष्टिगत प्रतिनिधित्व हुनुपर्छ । त्यसभित्र जसलाई कार्यकर्ताले चयन गर्छन् उ सभापति हुन्छ ।

 

 

 

हार्नेहरूको पराजय नै हो कि भन्ने मानसिकता देखिन्छ । यसलाई काँग्रेसले राम्ररी हेर्नुपर्छ । अहिलेको महाधिवेशनलाई पनि हार जितको रुपमा मात्र लिइयो भने देश दुर्घटनामा पर्न सक्छ ।

 

 

 

त्यसैले एक अर्कोको अस्तित्व स्वीकार गरेर जानुपर्छ’ राजनीतिक विश्लेषक प्रा।डा।राम थपलिया भन्छन् । त्यसैले आठौं महाधिवेशनका लागि ३० वर्ष कुर्नुपर्यो ।

 

 

 

झापामा सम्पन्न आठौं महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भए । नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरी जोशीबीच प्रतिष्पर्धा भयो । दशौं महाधिवेशनमा कोइरालालाई शेरबहादुर देउवा र रामहरी जोशीले चुनौती दिए ।

 

 

 

एघारौं महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरि आचार्यले चुनौती दिए ।

 

 

 

यसबीच नेपाली काँग्रेस र प्रजातान्त्रिक काँग्रेसबीच एकीकरण भयो । बाह्रौं महाधिवेशनमा कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ मैदानमा ओर्लिए । सभापतिमा लगातार दुईपटक पराजित देउवा तेह्रौं महाधिवेशनबाट काँग्रेसको सभापति बने ।

 

 

 

काँग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने १० नेता सभापति हुन सकेनन् । तर पनि काँग्रेसको छैठौं अधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम काँग्रेसजनबीच सधैँ भइरहन्छ ।