दशैं लक्षित सवारीसाधनको भाडादर निर्धारण ,कहाँ पुग्न कति लाग्छ ?

काठमाडौं । काठमाडौं उपत्यकाबाट नेपालीहरूको महान पर्व विजयादशमीमा जिल्ला जानेहरुका लागी सरकारले ११ असोजदेखि लागू हुनेगरी दशैंलक्षित गरेर सवारीसाधनको भाडादर निर्धारण गरेको छ ।

 

 

निर्धारित भाडादरअनुसार अब काठमाडौंबाट इलाम पुगन एकजना यात्रुले बसमा यात्रा गर्दा एक हजार तीन सय ३२ रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी, काठमाडौंबाट महेन्द्रनगर पुग्न भने एक हजार तीन सय ४८ रुपैयाँ तिर्नपर्छ ।

 

 

सबैभन्दा बढी भाडा भने काठमाडौंबाट अछामको साँफेबगर जाने यात्रुले तिर्नुपर्नेछ । यो रुटमा एक हजार आठ सय ७३ रुपैयाँ भाडादर कायम गरिएको छ । सरकारले दशैंका लागि लामो दूरीका यातायतमा ११ असोजदेखि नै अग्रिम बुकिङ खोल्ने निर्णयसमेत गरेको छ ।