सभामुख सापकोटाको मुद्दा पनि हेर्न नमिल्नेमा

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्धा पनि फेरी हेर्न नमिल्नेमा राखेको छ । आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाईका लागि पेशी तोकिएको थियो ।

 

 

 

उनीविरुद्ध २०६८ सालमा दायर भएको थियो । यसअघि ३० फागुन २०७६ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

 

 

 

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए ।

 

 

साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले सापकोटाविरुद्ध २०६४ सालमा जाहेरी दिएकी थिइन् ।