एमसीसी सम्झौता खारेजीको माग गर्दै आन्दोलनमा आबद्ध २६ दलसङ्गठनहरुका तर्फबाट सीपी गजुरेलद्वारा प्रेस विज्ञप्ति जारी

काठमाडाैं।नेकपा (क्रान्तिकारी माओवादी),देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाललगायतका २६ वटा पार्टीले एम.सी.सी. सम्झौता खारेजीकाे माग गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ । ‘एम.सी.सी. सम्झौता खारेजी आन्दोलन’द्वारा जारी गरिएकाे प्रेस विज्ञप्तिकाे पूर्णपाठ यस्ताे रहेकाे छ।

 

 

‘एम.सी.सी. सम्झौता खारेजी आन्दोलन’को बैठक २०७८ साल असोज १२ गते देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय कार्यालय, कुपण्डोलमा सम्पन्न भयो । बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्नका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

 

 

(१) तीनवटा देशभक्त सङ्गठनहरु– उन्नत लोकतन्त्र पार्टी, स्वतन्त्र राष्ट्रिय अभियान र राष्ट्रिय जागरण अभियानबाट एम.सी.सी. सम्झौता खारेजी आन्दोलनमा समावेश हुने निर्णय भएकाले ती सङ्गठनका प्रतिनिधिहरुलाई करतल ध्वनीका साथ बैठकमा स्वागत गरियो ।

 

(२) हाम्रो आन्दोलन र अन्य देशभक्त सङ्गठनका सङ्घर्षका कार्यक्रमले पैदा गरेको दबाव र विभिन्न पार्टी र सङ्गठनभित्रका देशभक्तहरुबाट भइरहेका विरोधका कारण एम.सी.सी. सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल हुन नसकेको भए पनि यो विदेशी शक्तिकेन्द्रहरुको दलाल सरकारले यो राष्ट्रघाती सम्झौता कुनै पनि बेला अनुमोदन गराउन सक्दछ ।

 

त्यसकारण, यसलाई खारेज नगराउँदासम्म सङ्घर्षलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता बैठकले जारी गरेको छ । यसै सन्दर्भमा आगामी असोज २२ गते दिनको १२ बजे माइतीघर मण्डेलाबाट सुरु गरेर विरोध ¥याली ंसंसद् भवन अघि पुगेर विरोधसभा गर्ने निर्णय भयो । बैठकले यस विरोध कार्यक्रममा सहभागी हुन सबै देशभक्त शक्तिहरु, सङ्गठनहरु, व्यक्तिहरुलाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।

 

 

(३) विगतको ओली सरकार र विप्लवले नेतृत्व गरेको नेकपाका बीचमा गत ०७७÷११÷२१ मा भएको लिखित सहमतिअनुसार नेकपाका सबै नेता–कार्यकर्ता रिहाई भइसक्नुपर्नेमा अदालती प्रक्रिया पूरा गरेर थुनामुक्त भएका बाहेक कसैलाई रिहाइ गरिएको छैन । लिखित सम्झौतामा उल्लेखित शर्तका आधारमा उक्त पार्टीका नेता र कार्यकर्ताहरुलाई अविलम्ब रिहाई गर्न यो बैठक सरकारसँग माग गर्दछ ।

 

 

(४) २०६४ साल माघ १० मा भारतको जी.एम.आर. कम्पनीसँग तत्कालीन नेपाल सरकारले गरेको सम्झौतालाई १४ वर्षदेखि झुलाएर राख्ने र सम्झौतामा भएका कुनै पनि शर्त पूरा नगर्ने काम हुँदै आएको छ । त्यसकारण, उक्त धोकेवाज कम्पनीसँग भएको सम्झौता खारेज गरी कुनै हालतमा म्याद थप नगरी क्षतिपूर्ति भराउने र माथिल्लो कर्णाली परियोजनालाई माथिल्लो तामाकोसीको मोडेलमा नेपाल सरकारले आफैंले सञ्चालन गर्ने काम अगाडि बढाओस् भन्ने यो बैठक जोडदार माग गर्दछ ।

 

 

एम.सी.सी. सम्झौता खारेजी आन्दोलनमा आबद्ध दल÷सङ्गठनहरु :

 

१. नेकपा (क्रान्तिकारी माओवादी) २.नेकपा (माले) ३. नेपाल कम्युनिस्ट पार्टी ४. नेपालका लागि नेपाली ५. उन्नत लोकतन्त्र पार्टी ६. नेपाल कम्युनिस्ट पार्टी ७. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ८. नेकपा (माओवादी केन्द्र समाजवादी) ९. नेकपा (माओवादी मोर्चा) १०. राष्ट्रिय जागरण मञ्च ११. जनसमाजवादी पार्टी १२. नेकपा (संयुक्त) १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी १४. नेकपा (बोल्शेविक) १५. एम.सी.सी. खारेज अभियान १६. पुष्पलाल अध्ययन समाज १७. स्वतन्त्र राष्ट्रिय अभियान १८. नेकपा माक्र्सवादी (पुष्पलाल) १९. राष्ट्रिय जागरण अभियान २०. नेकपा (जनवादी) २१. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) २२. माक्र्सवादी एकता अभियान २३. नेकपा (माक्र्सवादी) २४. राष्ट्रिय समाजवादी मञ्च, नेपाल २५. राष्ट्रिय जागरण परिषद् नेपाल २६. समाजवादी ज्ञान केन्द्रलगायतका पार्टीहरूले प्रेस विज्ञप्ति जारी गरेर विराेध जनाएका छन्।   

       यस्ताे छ, प्रेस विज्ञप्ति-