बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं। बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

 

 

काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार साँझ ठक्कर दिंदा राप्तीसोनारी–८ बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

 

 

 

पैदल हिंडिरहेका चन्द्रा र गीताको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो। घटनाको विरोधमा पीडित पक्षले केहीबेर पूर्वपश्चिम राजमार्गअन्तर्गत शमसेरगञ्जमा राजमार्ग अवरुद्ध पारेका थिए।