दशैँमा सुनसान काठमाडौं

काठमाडौं। हिन्दु नेपालीहरूको महान् पर्व विजयादशमी मनाउन सर्वसाधारण काठमाडौं छोडेर गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ ।

 

 

 

बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो ।

 

 

 

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसङ्ख्या पातलिँदै जाँदा सुनसान भएका हुन् ।

 

 

सडकमा हिँडडुल गर्ने मानिस र सवारी साधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन् । यस वर्ष दशैं मनाउँन नौँ लाखले काठमाडौं छोडेको बताईन्छ ।