भोलि पनि सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ।

 

 

प्रदेश सरकारले २०७८ वैशाख १९ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार प्रदेशका नाैं वटै जिल्लामा भोलि  बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएकाे छ ।

 

 

 

 

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा दिने सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ।

 

 

 

संघीय सरकारले असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैं बिदा दिएको थियो।तर सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो।