धनगढीबाट सुदूरपश्चिमका यी पहाडी जिल्लाहरुमा नेपाल वायुसेवा निगमले भोली देखि उडान भर्दै,कुन जिल्लाको कति भाडा

काठमाडौं। मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमितरुपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी गरेको वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।

 

 

उनले भने,बाजुरामा हाम्रो जहाज सञ्चालन थियो अब मन्त्रीको निर्देशनपछि बझाङ, बाजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुनेछ ।

 

 

वर्षातका कारण बाढी, पहिराले राजमार्ग अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई यातायत सेवाका लागि निकै सास्ती हुँदै आएको छ ।

 

 

बाढी, पहिराले गरेको क्षतिका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुगेका मन्त्री आलेलाई त्यहाँका नागरिकले बाढी, पहिराले बाटाघाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरेपछि उनले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका हुन् ।

 

 

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भोलि पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,भट्टले भने।

 

 

उनका अनुसार दुबै रुटका लागि भाडादर कायम भइसकेको छ। ‘धनगढी देखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी आउन २ हजार ५१५ भाडादर कायम भएको छ,तेस्तै गरी ‘धनगढी देखि बझाङको ३ हजार ९९५ र बझाङ देखि धनगढी आउदा ३ हजार ८९५ भाडादर कायम भएको छ।

 

 

 टिकट ब्यावस्थापनका लागि नेपाल वायुसेवा निगमका कर्मचारी लाई सम्पर्क गर्नसकिनेछ, किरण मान श्रेष्ठ ९८४८१३७४३३ मेनेजर (डब्लु .आर. सी.)(WRC),गाेविन्द गिरी ,एन.ए.सी.लाेड मास्टर(NAC),ticketing ९८४८१७४५८९,