हुम्ला जिल्लामा हिमपातपछि चिसो बढ्यो,जनजीवन कष्टकर बन्दै

काठमाडौं । हुम्ला जिल्लामा हिमपातसँगै चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको स्थानीय बासिले बताएका छन्। 

 

 

 

आज (विहिवार) बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिएका छन्। 

 

 

 

हुम्ला उत्तरी नाम्खा गाउँपालिकामा दोस्रो पटक हिमपात भएको र नाम्खा गाउँपालिकाका उच्च भेगमा पर्ने भएकाले बिहानैबाट हिमपात सुरु भएको अध्यक्ष तामाङले जानकारी दिएका छन् ।

 

 

  नाम्खा गाउँपालिकाकाे वडा नं. ६ मा सम्पर्क हुन नसकेकाे  र हिमपातले राहात वितरणमा समेत समस्या उत्पन्न गरेकाे अध्यक्ष तामाङले जानकारी दिएका छन्।

 

त्यस्तै अन्य वडामा भने अहिलेसम्म सम्पर्क भइरहेकाे र विद्यालय,सरकारी कार्यलय भने संचालन मै रहेकाे अध्यक्ष तामाङले जानकारी दिए।

 

 

 

हुम्लामा हिउँद याम शुरु भएसँगै सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । मौसम परिवर्तनसँगै आजदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको स्थानीयले बताएका छन् ।

 

 

 

हुम्लामा चिसो मौसम सुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ ।

 

 

 

चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । चिसोको समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडाको बढी खपत हुने स्थानीले जनाएका छन्।  

 

 

 

चिसो याम सुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले स्थानीयलाइ सुझाव दिएका छन् । हुम्लामा जिल्लामा हिमापत भएसँगै तापक्रम माइनसमा झरेको छ।