गाउँपालिका स्तरीय प्रतियोगितामा भवानी मावि धुलाचौर प्रथम

बाजुरा। ‘घरबाटै सुरू गरौं महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ हिमाली गाउँपालिकाका मावि स्तरीय वक्तृत्वकला गाउँ पालिकाको सभाहल धुलाचौरमा सम्पन्न भएको छ ।

 

 

 

कार्यक्रमको संञ्चालन प्रशासन सहायक जयप्रसाद पाण्डेले गरेका थिए भने सभाध्यक्ष गाउँपालिकाका निमित्त प्रशासकिय प्रमुख राजबहादुर भण्डारीले गरेका थिए। त्यस्तै प्रमुख अतिथि विद्यालय निरीक्षक प्रसाम पाण्डे र विशिस्ट अतिथि प्राविधिक सहायक विष्णुलाल पाण्डेले गरेका  थिए ।

 

 

 

प्रतियोगितामा चार वटा माविको सहभागिता रहेको थियो । जसमा श्री भवानी मावी धुलाचौर बोल्ढिक, श्री बडिमालिका मावी धिम, श्री शैलेश्वरी मावी फैती र श्री जनता मावी बाँधु रहेका थिए ।

 

 

 

जसमा छात्रातर्फ श्री भवानी माध्यमिक विद्यालयका विद्यार्थी कविता भण्डारी र छात्रतर्फ श्री शैलेश्वरी माध्यमिक विद्यालय फैतिका मुकेश मल्ल प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए ।

 

 

 

पालिका स्तरीय प्रतियोगितामा प्रथम भएका छात्रछात्रा मंसिर २४ गते सदरमुकाम मार्तडीमा हुने जिल्लाव्यापी प्रतियोगितामा भाग लिन जाने छन् ।