प्रचण्ड र ओली प्रतिक्रियावादी दलाल हुन्,कम्युनिस्ट होइनन्, विप्लवले पनि त्यही बाटो समात्दैछन् महासचिव वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले ओली र प्रचण्डहरु कम्युनिस्ट नभएर नवप्रतिक्रियावादी भएको विचार व्यक्त गर्नुभएको छ ।

 

 

१२९ औं माओदिवसको सन्दर्भमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

 

 

 

माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तको रुपमा राजनीतिक कार्यदिशा तय नगर्ने कुनै पनि पार्टी कम्युनिस्ट पार्टी हुन नसक्ने जिकिर गर्दै उहाँले आफूलाई क्रान्तिकारी भएको दावी गर्ने विप्लव पनि ओली–प्रचण्डतिरकै यात्रामा अगाडि बढेको बताउनु भयो ।

 

 

माओ र माओका योगदानलाई कतिपयले हेप्ने र नजरअन्दाज गर्ने गरेको टिप्पणी गर्दै माक्र्सवाद–लेनिनवादको श्रृङ्खलाबद्ध सार्वभौम विकासको रुपमा माक्र्सवादका तीनवटै अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा गुर्नभएको विकासका विषयमा संश्लेषित रुपमा चर्चा गर्नुभयो ।

 

 

 

एमाले र माओवादी केन्द्रप्रति लक्षित गर्दै महासचिव किरणले दक्षिणपन्थी अवसरवादी तथा नवसंशोधनवादीहरुले माक्र्स, लेनिन र माओकै नाम बेचेर इमान्दार कम्युनिस्ट नेता कार्यकर्ता र कम्युनिस्ट जनमतलाई भ्रमित चुल्याइरहेको र कम्युनिस्ट सिद्धान्त र पार्टीलाई बद्नाम तुल्याएको बताउनु भयो ।

 

 

 

अहिलेको संविधान र कथित लोकतान्त्रिक गणतन्त्र दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको हातमा रहेको भन्दै यो संविधान र व्यवस्थाको रक्षा गर्नुपर्छ भन्नेहरु प्रतिगामी, प्रतिक्रियावादी भएको प्रष्ट पार्नुभयो ।

 

 

 

पूर्वराजादेखि ओली, देउवा, प्रचण्ड सबैको वर्ग र वर्गचरित्र एउटै भएको भन्दै महासचिव किरणले भन्नुभयो, “ओली र प्रचण्डहरु दक्षिणपन्थी अवसरवादी मात्र होइनन्, प्रतिक्रियावादका दलाल हुन्, नवप्रतिक्रियावादी हुन् ।

 

 

 

पुरानो संसदीय व्यवस्थालाई रक्षा गर्ने, दलाल तथा नोकरशाही पुँजीपति दलाल र सामन्तहरुको सत्तालाई रक्षा गर्ने, तिनीहरुको राज्य तथा फौजी मेसिनरीको रक्षा गर्ने, अनि माक्र्सवाद, लेनिनवाद, माओवाद भनेर जनतालाई भ्रमित तुल्याउने रु असली अर्थमा भन्ने हो भने ओली र प्रचण्डहरु नवप्रतिक्रियावादी हुन् । 

 

 

उहाँले अगाडि भन्नुभयो, “पुराना राजावादी, कांग्रेस, र नवप्रतिक्रियावादीहरुले मान्ने व्यवस्था र संविधान एउटै छ । फरक के भयो रु दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको दलाल राजा पनि हो ।

 

 

 

नेपाली कांग्रेस पनि हो, यी आफूलाई महाकम्युनिस्ट बताउने दक्षिणपन्थी अवसरवादी पनि हुन् । यिनीहरु सबैको एउटै वर्ग हो । यो संविधानको रक्षा गर्नु भनेको प्रतिक्रियावादका सामुन्ने घुँडा टेक्नु हो ।

 

 

उहाँले सबैले समाजवादमा जाने भनेको प्रसंग उल्लेख गर्दै भन्नुभयो, “कस्तो समाजवाद रु समाजवाद त प्रतिक्रियावादी पनि हुन्छ । समाजवाद यस्तो हुन्छ भनेर कुरै गरेका छैनन् ।

 

 

 

हामीले भनेको त सर्वहरावर्गको अधिनायकत्व हो । सर्वहरावर्गको अधिनायकत्व नमान्नेहरु कम्युनिस्ट हुन सक्दैनन् ।

 

 

 

विप्लवको राजनीतिबारे टिप्पणी गर्दै महासचिव किरणले भन्नुभयो, प्रचण्ड प्रतिक्रियावादी सत्ता समातेर गइसके, विप्लवहरु पनि त्यतैतिर जाँदैछन् ।

 

 

विप्लवका अधिकांश मान्छे प्रचण्डतिरै गइरहेका छन् । आखिरमा विप्लवले पनि सिद्धान्ततः पार्टीलाई त्यही दिशातिर लगिसके ।

 

 

शान्तिपूर्ण संक्रमण भनेको के हो ? सबै समस्याहरु शान्तिपूर्ण तरिकाले हल गर्ने भनिरहेका छन् । यो भनेको प्रचण्डकै लाइन हो ।

 

 

 

पार्टी पीवीएम इन्द्रमोहन सिंग्देलले १२९ औं माओ दिवसको सन्दर्भमा पार्टीले जारी गरेको प्रेस वक्तव्य वाचन गरेर सुनाएको कार्यक्रमलाई पार्टी प्रवक्ता हरिभक्त कँडेल, प्रा.डा. जगदिशचन्द्र भण्डारी, महिला नेतृ शारदा महत लगायतले विश्वसर्वहारावर्गको क्रान्तिमा माओले पु¥याएको योगदानको विषयमा चर्चा गुर्नभएको थियो ।

 

 

 

पार्टी पीवीएम पवनमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अर्का पीवीएम सुरेश श्रेष्ठले गर्नुभएको थियो ।

 

 

कार्यक्रमको सुरुमै कमरेड माओको फोटोमा पार्टी महासचिव किरण लगायत सबै उपस्थित नेता कार्यकर्ताहरुले माल्र्यापण गर्दै मुठ्ठि उठाएर श्रद्धाञ्जली गरिएको थियो ।मूलवाटोबाट,