नेपालमा पहिलो पटक बेकरीको मेला सञ्चालन हुँदै

काठमाडौ । बेकरी पारखीहरुका लागि नेपालमा पहिलो पटक बेकरी मेला सञ्चालन गर्न लागिएको छ । बेकरहब अनलाइनले पुस १४ गते बुधबारदेखि ललितपुरको लबिङ् मलमा ‘बेक फेस्ट’ सञ्चालन गर्न लागेको हो ।

 

 

पुस १४ गतेदेखि सुरु हुने मेला पुस १६ गतेसम्म सञ्चालन हुने आयोजक बेकरहब अनलाइनले जनाएको छ । तीन दिनसम्म चल्ने उक्त फेष्टिबलमा भिन्न भिन्न प्रकारका बेकरीहरु –ओहो केक, यूरोपियन बेकरी, बेक्स एण्ड केक्स, लगायतका आइटमहरु एकै ठाउँमा रहनेछन् ।

 

 

 

३५ वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा स्थानीय स्तरका लुलु, ताजा बेकरीजहरुको आबद्वता रहने सो बेक फेष्टको पहिलो दिनमा सेफ च्यालेन्ज थिम, दोस्रो दिनमा गेम च्यालेन्ज र तेस्रो दिनमा केक रनवे र म्युजिकल इभेन्ट रहने संस्थाकी प्रमुख कार्यकारी अधिकृत दीपा भुसालले बताइन् ।

 

 

 

राजधानीका विभिन्न होटल म्यानेजमेन्ट कलेजहरुको प्रत्यक्ष सहभागीतामा लाइभ बेकरीका आइटमहरुको प्रतिष्पर्धा हुने र पुरस्कारको पनि व्यवस्था गरिएको भुसालले बताइन् ।

 

 

 

बेक फेष्टमा फुड एण्ड बेभरेज, हस्पिटालिटी, शैक्षिक र फिल्मी क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहने जनाइएको छ ।

 

 

 

संस्थाको बेकरहब अनलाइन प्लेटफर्म मार्फत सबै खालका बेकरी आइटमहरु एकै ठाउँबाट उपलब्ध गराउन सकियोस् भनेर आम उपभोक्तालाई सहजताका लागि सञ्चालनमा ल्याइएकोे संस्थाका सञ्चालक प्रमोद ज्ञवालीले बताए ।

 

 

 

बेक फेष्टको उदघाटन उद्योगपति राजेन्द्र खेतानले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

 

 

 

बेक फेष्ट काठमाण्डुको एभर फन चकलेट, भान्बोरीले प्रायोजित गरेको छ भने गेट कलेज, कलिनरी आर्टस,कल माई केक लगायतका संघ संस्थाहरुको पनि सहभागिता रहनेछ ।