उपत्यकाभित्र ट्याक्सीको नयाँ भाडादर तोकियो,चालकले यात्रुलाई अनिवार्य गाडी नम्बरसहितको भिजिटिङ कार्ड दिनुपर्ने (सूचनासहित)

काठमाडौं ।काठमाडौं उपत्यकाभित्र सञ्चालित ट्याक्सीको नयाँ भाडा समायोजन गरिएको छ।माघ १ गतेदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएको हो । नयाँ भाडादरअनुसार अब ट्याक्सीले पहिलो एक किलोमिटरको ६० रुपैयाँ र त्यसअगाडि प्रति दुई सय मिटरको ९ रुपैयाँ ८० पैसा तोकिएको छ ।

 

 

 

हरेक ट्याक्सी चालकले यात्रुलाई अनिवार्य आफ्नो गाडी नम्बरसहितको अंग्रेजी र नेपाली भाषामा भएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने भएको छ ।साथै ट्याक्सीले अनिवार्य पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नुपर्ने भएको छ ।

 

 

पुस २० गते मन्त्रीस्तरको निर्णय बाग्मति प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सूचना-