प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबीच छलफल भएको छ ।बिहान भक्तपुर बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको हो ।

 

 

प्रधानमन्त्री देउवा  र ओलीबीच के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आइसकेकाे छैन्  । एक्लाएक्लै वार्ता भएकाले के कुराकानी भयो भन्ने विषयमा थाहा भएकाे छैन। 

 

 

 एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न शनिबार बिहान करिब १० बजेर ३० मिनेटमा बालकोट पुग्नुभएको थियो ।

 

 

 

संसद्को अवरोध हटाउनेबारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउँदासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुग्नुभएको हो ।

 

 

 

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

 

 

 

यसअघि पनि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो ।