माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको मिति घोषणा हुनुपर्छ: निर्वाचन आयोग

काठमाडौं ।निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रमुख राजनीतिक दलहरूसँग प्रस्ताव राखेकाे छ। 

 

 शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा गर्नु पर्ने बताएका छन्। 

 

  निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएका हुन् ।

 

 

प्रवक्ता पौडेलका अनुसार आयोगले निर्वाचन कानुन अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको थियो ।

 

निर्वाचन मितिका विषयमा छिट्टै सरकारसँग पनि छलफल गर्ने प्रवक्ता पौडेलले बताएका छन् ।