कृषि विकास बैंक विदेशी मुद्राको बैंक खाता सञ्चालनमा ल्याउने तयारीमा

काठमाडौं । कृषि विकास बैंकले आगामी माघ ७ गते हुने ५५ औं वार्षिक उत्सवको अवसरमा गैह्र आवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्धती खाताको प्रोडक्ट जारी गर्ने तयारी गरेको छ ।

 

 

अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरुवातपछि विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यककागजात अपलोड गरी शून्यमौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्दछन् ।

 

 

यसबाट विदेशमा रहेका गैह्र आवासीय नेपाली तथा विदेशी मुद्रामा तलव भत्ता प्राप्त गर्ने नेपालमा रहेका विदेशी नागरीकले आप्mनै घर÷कार्यालयमा बसि बैंक खाता खोल्न सक्ने व्यवस्था रहेको बैंकले बतााएको छ ।

 

 

 

बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेको एंव खाता खोल्नको लागि बैंकको वेबसाइटमा गएर खाता खोल्न सक्ने व्यवस्था मिलाएको शाखा व्यवस्थापन विभागका कामु विभागीय प्रमुख रुक्मिणी भट्ट उपाध्यायले वताइन् ।

 

 

 

उक्त सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता खोल्न सकिनेछ । विदेशबाट शून्यमौज्दातमा खाता खोली स्विप्mट मार्फत रकम पठाई खातामा जम्मा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।