काठमाडौँ उपत्यकामा मात्र थप ३,९३९ जनामा कोरोना संक्रमण

काठमाडौँ। काठमाडौँ उपत्यकामा थप ३ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएका हुन्।

 

 

यस्तै गत २४ घण्टामा देशभर ६ हजार ७३४ संक्रमित थपिएका छन् भने ३ जनाले ज्यान गुमाएका छन्।

 

 

यस्तै सोमबार ५४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर ३० हजार ८७७ सक्रिय संक्रमित छन्।

 

 

गत २४ घण्टामा १४ हजार १४ पीसीआर तथा ३ हजार ४५१ एन्टिजेन परीक्षण भएको छ।