ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक गाडीमा चढ्ने र ओराल्ने ठाउँ तोक्यो

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच तथा सुविधाका लागि चढ्ने र ओराल्ने ठाउँ तोकेको छ ।

 

 

महाशाखाले पुरानो बसपार्कमा यस्तो ठाउँ तोकेको हो । फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी साधान र अपांगतामैत्री व्यवस्था थप्दै जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

 

 

महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखिदिएको छ ।

 

 

ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुहरुलाई तोकिएको स्थानबाट मात्रै चढाउन र ओराल्न अनुरोध पनि गरेको छ ।