ललितपुरमा प्रजिअ टोलीद्वारा बजार अनुगमन,सिटामोलको अभाव नहुने गरी व्यवस्था मिलाउन निर्देशन

काठमाडौं। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहितको टोलीले आज बजारमा सिटामोल औषधीको अभाव सिर्जना भएको जनगुनासो बढेसँगै अनुगमन गरेको छ।

 

 

 

अनुगमनको क्रममा मास्क नलगाएका व्यक्तिलाई जनही एक सय रुपैयाँको दरले जरिवाना गर्नु, औषधि व्यवसायीहरुलाई सिटामोलको अभाव नहुने गरी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको सहायक जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

 

 

अनुगमनको क्रमममा अत्यावश्यक सिटामोल औषधी बजारमा न्यून मात्रामा पाइएको सहायक जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

 

 

उनका अनुसार ‘सिटामोल औषधी बजारमा छ, तर मौज्दात भने न्यून मात्रामा रहेको पाइयो ।’उनी भन्छन्, ‘कसैले पनि लुकाएको भने पाइएन।

 

 

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहितको टोलीले मंलगबार अनुगमन गरेको थियो ।टोलिले सार्वजानिक स्थानमा मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना भए नभएको समेत अनुगममन गरेको थियो ।

 

 

अधिकारीका अनुसार स्वास्थ्य मापदण्ड भने प्राय सबैले पालना गरेको पाइएको छ ।कोरोना संक्रमण नियन्त्रणममा नआएसम्म बजार अनुगमनलाई तिब्रता दिइने अधिकारीको भनाइ छ ।