नेपालमा थप ५,५८३ जनामा कोरोना संक्रमण पुष्टि,थप ९ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै थप ९ जनाको मृत्‍यु भएको छ ।

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित छन् भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

 

 

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ भने ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।

 

 

मन्त्रालयका अनुसार हाल देशभरमा ७३ हजार १७८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

 

यस्तै १० वर्ष मुनिका ८८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८४ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार काठमाडौंमा १,४०४, ललितपुरमा ३०४ र भक्तपुरमा १९५ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

कुन जिल्लामा कति संक्रमित थपिए ?

 

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा ३३४९, झापामा १४१, मोरङमा १२१, रुपन्देहीमा ७३, सुनसरीमा ६४, चितवनमा ५८, सिरहा र नुवाकोटमा ५७र७ जना, कैलालीमा ५५ र काभ्रेपलाञ्चोकमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

यस्तै सिन्धुपाल्चोकमा ४३, धनुषामा र दाङमा ३९र३९ जना, स्याङ्जामा ३५, मकवानपुरमा ३४, कञ्चनपुरमा ३०, तनहुँमा २९, बाँकेमा २९, बागलुङमा २७ र पाल्पामा २२ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।