माघमा १५ वाणिज्य बैंकको निक्षेप घट्दा अन्यको बढ्यो

काठमाडौं । माघ महिनामा १५ वाणिज्य बैंकको निक्षेप संकलमा गिरावट आएको छ । १२ वाणिज्य बैंकले भने माघमा निक्षेप बढाउन सफल भएका छन् । माघ महिनामा बैंकहरुको निक्षेप १३ अर्ब ४९ अर्बले घट्दा ११ अर्ब ९२ अर्बले कर्जा बढेको देखिएको छ ।

 

 

 

नेपाल बैकर्स संघले राष्ट्र बैंकमा पठाएको तथ्यांक अनुसार माघ महिनामा सबैभन्दा बढी निक्षेप राष्ट्रिय वाणिज्य बैंकले बढाएको छ । राष्ट्र्रिय वाणिज्य बैंकले माघ महिनामा ३ अर्ब ८९ करोड रुपैयाँले निक्षेप बढाएको छ ।

 

 

 

यस्तै दोस्रोमा लक्ष्मी बैंक रहेको छ । लक्ष्मी बैंकको माघ महिनामा ३ अर्ब ८२ करोड रुपैयाँले निक्षेप बढेको छ । माघ महिनामा १२ वटा बैंकको निक्षेप बढेको छ ।

 

 

 

निक्षेप बढाउनेमा वाणिज्य बैंक, लक्ष्मी बैंक, एसबिआई, नेपाल इन्भेष्टमेन्ट,नबिल बैंक, एनआईसी एशिया एनएमबि, सानिमा,नेपाल बैंक कृषि विकास बैंक, बैंक अफ काठमाण्डू र हिमालयन बैंक रहेका छन् ।

 

१५ बैंकको निक्षेप घट्यो

 

माघ महिनामा बैंकहरुको निक्षेप १३ अर्ब ४९ करोडले घटेको छ । जसमा ग्लोबल आइएमई बैंकको ५ अर्ब ४३ करोड,प्राइम बैंकको ४ अर्ब ३२ करोड स्टाण्डर्ड चार्टर्ड बैंकको ४ अर्ब २६ करोड छ ।

 

 

 

एनसीसी बैंकको ४ अर्ब १५ करोडको निक्षेप घटेको छ । २ अर्बदेखि ३ अर्ब निक्षेप घट्नेमा सनराइज,सिदार्थ,प्रभु,माछापुच्छ्रे,कुमारी तथा सिभिल बैंक छन् ।