परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा। नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो ।

 

 

 

नेपाल–चीन द्विपक्षीय बैठक सुरु हुनुअघि दुई देशका परराष्ट्रमन्त्री भेटवार्ता भएको हो ।  चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउनुभएको थियो ।

 

 

यी आइतबार दिउँसो चीनका लागि प्रस्थान गर्नुहुनेछ ।