भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर मिश्रले दिए सञ्चारर्मीलाई धम्की

काठमाडौं।भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले समाचारको विषयलाइ लिएर सञ्चारर्मीलाई दिए धम्की दिएका छन्।

 

मेयर मिश्रले गरेको भ्रष्टाचारजन्य गतिविधिको विषयलाई लिएर सामाजिक सञ्जालमै व्यापक विरोधका साथै जनगुनासो बढ्न थाले पछि सञ्चारकर्मीले सो कुरा बुझ्न फोन गर्दा उनले जनरक्षामा कार्यरत पत्रकारलाइ धम्कीपूर्ण भाषा प्रयोग गरेको बताइएको छ।  

 

 

 सामाजिक संञ्जालमा स्थानीयले विराेध गर्न थालेपछि मेयर मिश्रसँग जनगुनासो र सामाजिक सञ्जालमा आएको स्टाटसको विषयमा बुझ्न खाेज्दा उनले उल्टै संञ्चारकर्मीलाइ धम्की दिएका हुन्। 

 

 

 

तर,मेयर सोम मिश्रसँग जनगुनासो र स्टाटसको विषयमा बुझ्न खोज्दा उल्टै धम्कीपूर्ण भाषा प्रयोग गर्दै ‘मलाई के बुझ्नु हुन्छ,चाँगुनारायणका जेन्टलमेनहरुसँग बुझ्नुस्, जे मन लाग्छ लेख्नुस्, तपाईंंको सम्वाददाता को हो ? त्यसको नाम भन्नुस्’ भन्ने धम्कीपूर्ण शैली प्रयोग गरी फोनमा  काटेका थिए ।

 

 

 

एउटा सञ्चार गृहले समाचारको विषयमा बुझ्न खोज्दा जनताको जनप्रतिनिधिको हिसावले सञ्चारकर्मीलाई यथार्थ बताउनुपर्ने कर्तव्य भए पनि मेयर मिश्रले उल्टै धम्कीपूर्ण भाषा बाेलेर जनगुनासो र सामाजिक सञ्जालमा आएको स्टाटसले मेयर मिश्रले साँच्चिकै भ्रष्टाचार जन्य गतिविधि गरेको प्रमाणित हुन्छ ।

 

 

 

सर्वसाधारण जनताले हाम्रो कार्यालयमै आई जनगुनासो गरेका थिए,उनिहरूले भने स्वास्थ्यलाई असर पु¥याउँदै आएका झण्डै ६४ वटा इँट्टाभट्टा अवैधानिक रुपमा संचालन हुँदै आएकोले इट्टाभट्टलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थानीय सरोकारवाला, बुद्धिजीवी, सर्वदलीय नेताहरुको छलफल हुँदाहुँदै प्रत्येक इट्टाभट्टा उद्योगहरुसँग लाखौं रुपैयाँ असुल्दै वातावरण नै धुमिल बनाउने गरी निर्वाधरुपमा संचालन गर्न दिएका छन् ।

 

 

 

त्यस्तै दुवाकोट इन्जिनियरिङ्ग कलेजमा मेयरकै व्यापक भ्रष्टाचारजन्य गतिविधि भएको इन्जिनियरिङ्ग कलेजभरि चर्चाको विषय बनेको छ ।

 

 

 

त्यस्तै, चाँगुनारायण नगरपालिकाकै भूमाफिया जनप्रतिनिधिहरुको मिलोमत्तोमा खेतियोग्य जमिनदेखि लिएर डाँडाँकाडा, सार्वजनिक बन, बहाल बन, परिवन, पातले बन फडानी र राजकुलोसमेत मासी धमाधम जग्गा प्लटिङ गरी आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पैसाकै खोलो बगाएर फेरि मेयर पड्काउने उद्देश्यका साथ जसरी हुन्छ पैसा कमाउन आफ्ना आसोपासेलाई लगाएको नेकपा एमालेका पुराना स्थानीय नेता दामोदर काफ्लेले सामाजिक संजालबाटै मेयरको कुकृत्यका बारेमा पोस्ट गरेर स्पष्ट पारि दिएका छन् ।

 

 

 

त्यसैगरी, नगरपालिकाको विकास बजेट आफूनिकट ठेकेदारलाई जिम्मेवारी दिई तोकेको मापदण्ड विपरित झारो टार्ने काम गरे पनि मेयर मिश्रकै निर्देशनमा सो कार्यलाई इन्जिनियरले पास गराई भुक्तानीसमेत गराउने गरेको नगरपालिकाकै कर्मचारीले संचार माध्यमकाे कार्यालयमै आई जानकारी गराएका छन् ।

 

 

 

इमान्दार कर्मचारीहरुका अनुसार विकास कार्यको लागि जनप्रतिनिधिहरुबीच छलफल गरी बजेट कार्यान्वयन गराउनका लागिदेखि लिएर नगरपालिकाको नियमित बैठकसमेत नगरापलिकाको भवनमा नबसी नातागोता र कमिशनकै लागि आफ्ना नजिकका व्यवसायीको होटल, रिसोर्टमा गई जाँडपानीसहितको भोज गरी नगरपालिकाको बजेट सकाउने काम गरेको बताएका छन् ।