एमाले सरकार ढाल्नेसँग गठबन्धन नगर्ने ईश्वर पोखरेलको भनाइ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विभाजन गरेर हुँदाखाँदाको सरकार ढाल्ने माओवादीसँग चुनावी तालमेल नहुने बताउनुभएको छ।

 

 

 

भरतपुर विमानस्थलमा आज  पत्रकारहरूसँग कुरा गर्दै उहाँले एमालेसँग पनि तालेमलका लागि छलफल भईरहेको भन्ने माओवादी नेताहरूको भनाइमा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभयो ।

 

 

 

पार्टी विभाजन गरेर हुँदाखाँदाको सरकार ढालेर अपराध कर्म गर्नेहरुसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन भन्दै पोखरेलले चुनावी गठबन्धनका विषयमा कुरै नभएको बताउनुभएको हो ।

 

 

 

 

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले लगाउने छलाङहरुका विषयमा आफूहरु प्रष्ट रहेको भन्दै उहाँले एमालेले स्थानीय चुनावमा संस्थागत तालमेल नगर्ने बताउनुभएको छ।

 

 

 

आइतबार एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलले पनि माओवादीसँग चुनावी तालमेलको कुनै सम्भावना नरहेको बताउनुभएको थियो ।