चितवनमा क्रान्तिकारी माओवादीको ३३ औं जनआन्दोलन दिवस भव्य रूपमा सम्पन्न, दलाल संसदीय व्यवस्था खारेज गर्ने सुबेदीको चेतावनी

कार्यक्रममा प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य चन्द्रहरि सुवेदी अटलले यो ऐतिहासिक दिनको विशेष महत्त्व रहेको जनाउदै अब पनि जनताको वास्तविक व्यवस्था नयाँ जनवादी व्यवस्था ल्याउन संघर्ष गर्नुपर्ने बताए।

उनलेे यो व्यवस्था नाममा गणतन्त्र भए पनि दलाल , भ्रष्ट र ठेकदारहरुको गरिब जनता चुसेर खाने जनतामारा व्यवस्थामा परिणत भएकोले दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न जरुरी भएको जनाउदै स्थानीय निर्वाचन राजनीतिक लुटेराहरुलाई माला पहिराउनका लागि मात्रै भएको बताए।
उनले देशमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न जनगणतन्त्र देशमा ल्याउन सबै देशभक्त एवम् कम्युनिस्टहरु एक भएर अघि बढ्नुको विकल्प नभएको बताए।
नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज घननाथ सापकोटा विकासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी वैकल्पिक केन्द्रीय सदस्य अशोक शर्माले गरेका थिए।