चितवनमा नेकपाका महासचिव विप्लवको गर्जन: दलाल संसदीय व्यवस्था खारेज गर्न जनतालाई आव्हान

चितवन। नेपाल कम्युनिस्ट पार्टी चितवनको आयोजनामा राष्ट्रघात, जनघात, महंगी, एमसीसी परियोजना विरुद्धको विरोधमा जनआन्दोलन दिवस एक जनसभाका बिच भव्यरुपमा भरतपुरको गेस्ट हाउसमा सम्पन्न भएको छ।
 
 
 
 
चितवन विशेष जिल्ला सेक्रेटरी विश्वनाथ चौधरीको उद्घोषणमा सञ्चालन भएको जनसभाको प्रमुख अतिथि नेकपाका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द विप्लव थिए। कार्यक्रममा सामना सांस्कृतिक परिवारको बेजोड प्रस्तुति मार्फत जनताका गितमा नृत्य प्रदर्शन गरिएको थियोे ।
 
 
 
 
 
कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज सन्देश पौडेल , केन्द्रीय सदस्य सन्तोष बुढामगर, विशेष जिल्ला समिति सदस्य भिमबहादुर खड्का ध्रुव लगायत केन्द्रीय नेताहरूको उपस्थिति थियोे ।
 
 
 
 
 
महासचिव विप्लवले यो संसदिय व्यवस्थामा हुने स्थानीय निर्वाचनमा पार्टीले भाग नलिने बताउदै अबको देश र जनताको मुक्तिको बाटो वैज्ञानिक समाजवाद भएको बताए । उनले एमसीसी देशको लागि विषालु सर्प भएर आएकोले यसलाई काट्न नेपाली जनता तयार रहेको चेतावनी समेत दिए।
 
 
 
 
यो समाजमा स्थानीय चुनावको डंका पिटेर ठेकदार , दलाल, भ्रष्टहरु जनताको खुन पसिना चुस्न आएको बताउँदै यो चुनाव देशभक्त नेपाली जनताले वहिष्कार गर्ने बताएका छन्।