निर्वाचनमा तालमेल गरेर अघि बढ्न नेता कार्यकर्तालाई सत्ता गठबन्धन दलहरुको अपिल

फाइल तस्वीर

काठमाडौं । सत्ता गठबन्धनमा रहेका पाँच दलले आगामी स्थानीय तह निर्वाचनमा तालेमेल गरेर अघि बढ्न आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

 

 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकपछि पाँचै दलका शीर्ष नेताहरुले अपिल जारी गरेका हुन् ।

 

 

 

उनीहरुले आगामी निर्वाचनमा तालमेल गर्ने सहमतिसहित आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

 

 

 

अपिलमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ ।

 

 

 

अपिलमा हिजोका सबै मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरिएको छ ।