देशभरको मौसम आज कस्तो छ त ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

 

आज (सोमबार) बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

 

सोमबार दिउँसो भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

 

 

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको छ।

 

 

 

सोमबार राती भने देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।