सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। सुनचाँदीको मूल्य आज पनि बढेको छ।सोमबार नेपाली बजारमा सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

 

यो अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँ बढी हो। आइतबार सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो।

 

 

 

 

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

 

अघिल्लो दिन चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।