नेपालको आर्थिक बृद्धिदर ५.८४ प्रतिशतले बृद्धि, प्रतिब्यक्ति १३७२ डलर पुग्यो

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५.८४ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको छ ।

 

 

बिहीबार काठमाडौंमा पत्रकारसम्मेलन गर्दै तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो ।

 

 

आर्थिक वर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्यांक प्रश्तुत गर्दै राष्ट्रिय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बजार मूल्यमा अहिलेको राष्ट्रिय लेखा अनुमानमा आर्थिक वृद्धिदर ५.८ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरेको बताए ।

 

 

उनले कृषि क्षेत्रमा अहिलेको नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत र गैर कृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत रहेको बताए।

 

 

 

विभागले अनुमान गरेको आर्थिक बृद्धिदर एक दशकको औसत बृद्धिभन्दा बढी हो । बितेको दशकमा औसत ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको थियो ।

 

 

 

कोरोना कहरका कारण अघिल्लो वर्ष आर्थिक वृद्धि ऋणात्मक (२.४२ प्रतिशत) हुन पुगेको थियो ।

 

 

कोरोना कहरबाट उठ्न खोजेको अर्थतन्त्र गत वर्ष भने ३.९३ प्रतिशतले आर्थिक वृद्धि भएको संशोधित अनुमान विभागले सार्वजनिक गरेको छ ।

 

 

 

 

गत वर्ष प्रारम्भिक अनुमान भने ४ प्रतिशत भन्दा आर्थिक बृद्धि भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो ।

 

 

विभागले प्रक्षेपण गरेको चालू आर्थिक वर्षको वृद्धि एशियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अनुमानभन्दा बढी हो ।

 

 

 

तेस्रो वर्ष आइपुग्दा मात्रै आर्थिक वृद्धिको यकिन तथ्यांक विभागले सार्वजनिक गर्ने गरेको छ ।

 

 

 

 

चालु आर्थिक वर्षमा अध्यादेश बजेटले साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ७ प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो ।

 

 

निर्देशक भण्डारीले भने, ‘बजार मूल्यमा अहिलेको राष्ट्रिय लेखा अनुमानमा आर्थिक वृद्धिदर ५.८ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरेका छौँ । गत वर्ष ४.०१ प्रतिशतले वृद्धि हुन्छ भनेका थियौँ ।

 

 

त्यसलाई परिमार्जन गर्दा त्यो वृद्धिदर ४.३ मा पुगेको छ भने त्यो भन्दा अगाडिको सालको वृद्धिदर ऋणात्मक २.१ हुन्छ भनेका थियौँ ।

 

 

त्यसलाई परिमार्जन गर्दा माइनस २.७ भएको अवस्था छ । एग्रिकल्चर सेक्टरको अहिलेको आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्रै छ ।

गैर कृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत रहेको छ ।

 

 

 

निर्देशक अधिकारीका अनुसार नेपालीको वार्षिक आम्दानीमा पनि वृद्धि भएको छ । यो वर्ष नेपालीको वार्षिक आम्दानी बढेर १३७२ डलर पुगेको निर्देशक भण्डारीले बताए ।

 

 

चालु आर्थिक वर्षको अर्थतन्त्र विस्तारसम्बन्धी विवरणमा प्रतिव्यक्ति आय बढेको उल्लेख छ ।

 

 

गत वर्ष प्रतिव्यक्ति आय ११९१ डलर थियो । गत वर्षको तुलनामा यो वर्ष नेपालीको आम्दानी १८१ डलर बढेको छ ।

 

 

 

 

उनले भने, ‘अहिले हाम्रो प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलरमा १ हजार ३ सय ७२ पुगेको छ ।

 

 

 

त्यस्तै प्रतिव्यक्ति आय अमेरिकी डलरमा १ हजार ३ सय ८१ पुगेको छ । जीएनडिआई प्रतिव्यक्ति १ हजार ६ सय ८३ छ ।

 

 

 

त्यस्तै, नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष जीडीपीको आकार ३ खर्ब ७२ अर्ब २७ करोड रुपैयाँले बढेको निर्देशक भण्डारीले बताए ।

 

 

 

नेपालको कुल गार्हस्थ उत्पादन ९जीडीपी० आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष ३७ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ थियो ।