७५३ वटै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्‍न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि ७५३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको प्रवन्ध गर्न लगाएको छ ।

 

 

मतगणनालाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सीसी क्यामेराको प्रबन्ध गर्न आयोगले निर्देशन दिएको हो ।

 

 

यस प्रयोजनका लागि आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै पालिकालाई परिपत्र पनि गरिसकेको छ ।

 

 

 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै–कुनै पालिकामा सीसी क्यामेरा राख्नैपर्नेरनपर्ने भनेर सोधिएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन रु भन्ने प्रश्न उत्पन्न बताउनुभयो ।

 

 

 

 

गएको चुनावमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा फेरि मतदानसमेत भएको थियो ।

 

 

चुनावका लागि १० हजार सात सय ५६ मतदानस्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

 

 

 

 

यसैगरी यस पटकको चुनावमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पठाइएको छ ।

 

 

 

आयोगले रङ्गीन र श्यामवेत दुवै रङ्गमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा पठाएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

 

 

 

मतदाताले हेर्न चाहेमा आयोगका वेबसाइटमा नामावलीको सूची मात्रै हेर्न सक्ने छन् । चुनावका लागि एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहेका छन् ।

 

 

 

 

यसैबीच आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग शुक्रबार भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको छ ।

 

 

 

यसैबीच यही बैशाख ११ र १२ गते प्राप्त उम्मेदवारको मनोनयनपत्र दर्ता भएकोमा शुक्रबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र बैशाख १७ गते चुनाव चिह्न वितरण गर्ने कार्यसूची छ ।