एक हजारले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ।

 

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजारले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 

 

 

तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

यस्तै, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।