एकैदिन सुनको मूल्य १८ सयले घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 

 

 

तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

मंगलबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।